कारोबार


३ कम्पनीका लगानीकर्ताले गरे ९ प्रतिशत माथि प्रतिसेयर आम्दानी

३ कम्पनीका लगानीकर्ताले गरे ९ प्रतिशत माथि प्रतिसेयर आम्दानी

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १५:६, काठमाडौँ

सेयरबजार फेरि सुस्ताएको छ। 

बुधबार बजार शून्य दशमलव २१ अंकले घटेर १९६०.६० विन्दुमा रोकिएको हो। 

योसँगै बजारमा २ अर्ब ५४ करोडको सेयर किनबेच भएको छ। ५८ लाख ७४ हजार कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो। 

आज १२४ कम्पनीको सेयर बढ्दा १०७ वटाको घटेको र १२ वटाको पुरानै मूल्यमा कारोबार भएको छ। 

बजारमा तीनवटा कम्पनीका लगानीकर्ताले मात्रै ९ प्रतिशत माथि प्रतिसेयर आम्दानी गरेका छन्। इन्फिनिटी लघुवित्त, डोल्टी पावर र समता घरेलु लघुवित्तको सेयर क्रमशः ९.९९, ९.७४ र ९.६७ प्रतिशतले बढेको हो। 

बाँकी लगानीकर्ताले यसभन्दा न्यून प्रतिसेयर आम्दानी गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज कुमारी सबल योजनाको सर्वाधिक १० प्रतिशत गिरावट आएको छ। सर्वाधिक कारोबारमा भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त अगाडि छ। कम्पनीको १० करोड ६० लाखको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .