प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले विराटनगर–८, मोरङ्गस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिमा छुट पाउने भएका छन्।
अस्पतालका अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकटबाहेक सिटिस्क्यान, न्युरोसर्जरी, न्यूरोआईसीयू, अर्थोपेडिक सर्जरी, एमआरआई, प्रसूति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थलगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट पाइनेछ।
यसका लागि दुई पक्षीय समझदारी भएको बताइएको छ। एक समारोहका बीच न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक लि. गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।
नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ। अस्पतालले आकस्मिक उपचारदेखि सघन उपचारलगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ।
अस्पतालमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा सेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरुलाई १५ प्रतिशतसम्मको छुट व्यवस्था छ।
Shares
प्रतिक्रिया