ad ad

कारोबार


नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि, कुुन चलाउने? यसरी रोज्नुुस्

नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि, कुुन चलाउने? यसरी रोज्नुुस्

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १६:१५, काठमाडौँ

नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डेटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ। 

इन्टरनेट सुविधाका लागि समय समयमा विभिन्न प्रविधि भित्रिने र परिमार्जन हुने क्रम जारी रहेको अवस्था छ। 

हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो। यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ। 

हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच प्रविधिको एनटी फाइबर सेवा, मोबाइलमा उपलब्ध हुने फोरजी सेवा र नमस्ते वाइफाई सेवा सेवाग्राहीका लागि रुचिकर बनेको कम्पनीले जनाएको छ। 

एनटी फाइबर 
नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ। 

कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ। अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ।

त्यसैगरी ग्राहकको आवश्यकता अनुसार दैनिक रुपमा मोबाइलमा समेत डेटा उपलब्ध हुन्छ। 

एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ।

नेपाल टेलिकमले ५०, ७५, १००, १५० र २०० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ। कम्पनीका सेवाग्राहीहरूले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउछन्। कम्पनीले तोके बमोजिमकै ब्यान्डविथ उपलब्ध गराइरहेको छ। 

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीले १९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवाका बारेमा जानकारी पाउनुका साथै डिमान्ड रेजिस्ट्रेसन पनि गर्न सक्नेछन्। साथै नेपाल टेलिकम एप प्रयोग गरेर पनि यसको वारेमा जानकारी लिन सकिन्छ। 

आकर्षक मोबाइल डेटा
अहिले धेरैले मोबाइल प्रयोग गरेको पाइन्छ। मोबाइलमार्फत कसैलाई कल गर्नका लागि मात्र नभई यसमा डेटा समेत चलाउन सकिन्छ।

त्यसैले अहिले धेरैले मोबाइल डेटा प्रयोग गरेको पाइन्छ। फोरजी सेवा उपलब्ध भए पश्चात् मोबाइलमा उपलब्ध हुने डेटाको लोकप्रियता बढिरहेको छ। 

नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने मोबाइल डेटा उपलब्ध गराइरहेको छ। ग्राहकले आवश्यकता अनुसार कम वा धेरै मूल्यको डेटा प्रयोग गर्न सक्ने गरी प्याकेज निर्धारण गरिएका छन्। 

हाल कम्पनीले स्प्रिङ अफर अन्तर्गत विभिन्न दरका आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ। यस अन्तर्गत अनलिमिटेड डेटा प्रयोग गर्न सकिने सुविधा समेत छ। त्यसैगरी पोस्टपेड प्याक, फोरजी प्याक, डे प्याक, नाइट प्याक, स्टे कनेक्टेड प्याक, पपुलर प्याक आदि उपलब्ध छन्। 

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याक्स डायल गर्नुपर्छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।   

नमस्ते वाइफाई
नेपाल टेलिकमले फोरजी एलटीई प्रविधिमा आधारित नमस्ते वाइफाई सेवा उपलब्ध गराइरहेको छ। कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सेवा विस्तार गरेको हो।  

टेलिकमले नमस्ते वाइफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ। कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित ग्राहकलाई सहज रुपमा उपलब्ध हुन्छ। 

नमस्ते वाइफाई अन्तर्गत डेटा मात्र चलाउन चाहने ग्राहकका लागि ‘अनलिमिटेड डेटा वान्ली’ र ‘अनलिमिटेड डेटा विथ भ्वाइस’ प्याकेज उपलब्ध छ। यस अनुसार डेटा मात्र चलाउनका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम प्याकेज उपलब्ध छन् भने भ्वाइस सहितको डेटा चलाउनका लागि पनि बेसिक र प्रिमियम प्याकेज उपलब्ध छन्। 

नमस्ते वाइफाई सेवाको प्याकेज र मूल्यको वारेमा वेबसाइटमार्फत विस्तृत जानकारी लिन सकिने टेलिकमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .