संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटक प्रवर्द्धक नियुक्त गर्ने भएको छ।
विश्व पर्यटन बजारमा नेपाललाई परिचित बनाउन नयाँ प्रवर्द्धक नियुक्त गर्न लागेको हो।
गत चैतमा नियुक्त भएका देश, प्रान्त, शहरबाहे अन्य स्थानमा नियुक्त गर्ने मन्त्रालयले जनाएको छ। २१ वर्ष उमेर पुगेका नेपाली वा गैरआवासीय नेपालीसँगै विदेशी नागरिकले निवेदन दिन सक्छन्।
पर्यटनसम्बन्धी व्यापार, पेसामा कम्तीमा ७ वर्षदेखि संलग्न रही ख्यातिप्राप्त गरेको वा नेपालप्रति सद्धाव र रुचि भई नेपालको पर्यटन प्रवद्र्धन गर्न सक्ने व्यक्ति हुनुपर्नेछ।
त्यस्तै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको र शरणार्थीको रुपमा नरहेको हुनुपर्नेछ।
54
Shares
प्रतिक्रिया