ad ad

कारोबार


अर्थविद् पौडेल भन्छन्– बजेटले राजस्वभन्दा ऋणलाई जोड दियो, नयाँ कार्यक्रम आएन

अर्थविद् पौडेल भन्छन्– बजेटले राजस्वभन्दा ऋणलाई जोड दियो, नयाँ कार्यक्रम आएन

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १९:२८, काठमाडौँ

अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले अर्थमन्त्री वर्षमान पुनले ल्याएको १६ खर्ब ६० अर्ब रुपैयाँको बजेटमा कुनै उत्साहप्रद कार्यक्रम नदेखिएको बताएका छन्। 

बजेटप्रति नेपालखबरसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले सरकारले राखेको आन्तरिक ऋण उठाउने लक्ष्यप्रति पनि चिन्ता व्यक्त गरे।

अर्थमन्त्री पुनले ३ खर्ब २० अर्ब आन्तरिक ऋण उठाउने भनेका छन्। तर पौडेलले यसले तरलताको संकट र ब्याजदर वृद्धिको डर देखिने बताएका छन्। 

मन्त्री पुनको बजेटले राजस्वको साटो ऋणमा जोड दिएको उनको भनाइ छ। 

यस्तो छ पौडेलको बजेट प्रतिक्रिया (जस्ताको त्यस्तै) :

उत्साह दिने कुनै कर्यक्रम देखिएन। एउटा चिन्ताको कुरा चाहिँ आन्तरिक ऋण ३ खर्ब २० अर्ब उठाउने लक्ष्य राख्नुभएको छ। त्यसबाट ब्यांक तथा निजी क्षेत्रसँग प्रतिस्पर्धा हुन्छ। जसका कारण तरलता संकट आउने वा ब्याजदर बढाउने हुन सक्छ।

राजस्वको लक्ष्य मात्र १३ प्रतिशत बढाउनुभएको छ। राजस्वको सट्टा ऋणमा जोड देखियो। जुन कुरा उठाउनुपर्ने हो, त्यो उठाउनुभएन। जुन नउठाउनुपर्ने हो, त्यहाँ उठाउने लक्ष्य ठूलो राख्नुभयो।

भौतिक पूर्वाधारमा पनि नयाँ कार्यक्रम आएन। सार्वजनिक वित्त, सार्वजनिक सम्पत्तिको संरक्षण, राजस्व संकलन मुख्य प्राथमिकता हुनुपर्थ्यो। त्यो भएन। सार्वजनिक पद कहिल्यै धारण नगरेको मान्छे सीता दाहालको नाममा बजेट खर्च गर्ने चलन थिएन। एक लाख युवालाई रोजगारी भन्नेजस्ता हावा कार्यक्रम छन्, त्यसमा गृहकार्य भएको देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .