ad ad

कारोबार


करवृद्धिसँगै कर्नफ्लेक्सदेखि जुससम्मको मूल्य बढ्दै

करवृद्धिसँगै कर्नफ्लेक्सदेखि जुससम्मको मूल्य बढ्दै

नेपालखबर
जेठ १६, २०८१ बुधबार १२:५१, काठमाडौँ

सरकारले अन्तःशुल्क महशुल बढाएसँगै कर्नफ्लेक्स तथा जुसको मूल्य बढ्ने भएको छ। 

आगामी आर्थिक वर्षको बजेटबाट सरकारले कर्नफ्लेकस, ओट्सलगायतका वस्तुमा १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको हो।

यस्तै भोगटेको जुस, आँपको जुस, भुइँकटहरको जुस र मिश्रित जुसहरुमा पनि ५० पैसा बढाएको छ। प्रतिलिटर १३ रुपैयाँ रहेको अन्तःशुल्क महशुल आगामी आर्थिक वर्षबाट १३ रुपैयाँ ५० पैसा हुने भएको हो। 

सरकारले इनर्जी ड्रिंक्समा पनि २ रुपैयाँले शुल्क बढाएको छ। इनर्जी ड्रिंक्समा प्रतिलिटर ५२ रुपैयाँ पुर्याएको छ भने सुर्तीरहित पान मसलामा पनि २५ रुपैयाँले बढाएर प्रतिकिलो ८ सय ७५ रुपैयाँ अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ।

सरकारले आगामी आवको बजेटबाट फलफूलका जुस र गहुँबाट उत्पादित ओट्स, कर्नफ्लेक्सजस्ता वस्तुहरुको अन्तःशुल्क बढाएसँगै यसको मूल्य बढ्ने निश्चित भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .