ad ad

कारोबार


बजेटमार्फत करका दरमा गरिएका संशोधनले उद्योग व्यवसायमा अन्योलता देखियो : चन्द्र ढकाल

बजेटमार्फत करका दरमा गरिएका संशोधनले उद्योग व्यवसायमा अन्योलता देखियो : चन्द्र ढकाल

फाइल फोटो


नेपालखबर
जेठ २२, २०८१ मंगलबार १९:२७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयकर, भन्सार,अन्तःशुल्कका दर र मूल्य अभिवृद्धिकरको व्यवस्थामा बजेटमार्फत गरिएका संशोधनले उद्योग व्यवसायीहरुमा अन्योलता सिर्जना भएको बताएका छन्।

मंगलवार महसंघमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। विशेष गरी कृषि र कृषिजन्य उत्पादनमा लागतमा लागू गरिएको अधिकतम १० प्रतिशतसम्मको अग्रिम आयकरको व्यवस्था र यसको क्यारिफवाड र फिर्ता समेत नपाउने व्यवस्थामा उद्यमी व्यवसायीको चिन्ता र चासो देखिएको बताए।

उनले भने, ‘महासंघसँग आवद्ध विभिन्न संस्थाहरुबाट हालसम्म प्राप्त सुझावहरुलाई हेर्दा आयकर भन्सार,अन्तशुल्कका दर र मूल्य अभिवृद्धिकरको व्यवस्थामा गरिएका संशोधनले उद्योग व्यवसायीहरुमा अन्योलता देखिएको छ। विशेष गरेर कृषि र कृषिजन्य उत्पादनमा लागतमा लागू गरिएको अधिकतम १० प्रतिशतसम्मको अग्रिम आयकरको व्यवस्था र यसको क्यारिफवाड र फिर्ता समेत नपाउने व्यवस्थामा उद्यमी व्यवसायीको चिन्ता र चासो देखिएको छ।’

अध्यक्ष ढकालले आयातित माल वस्तु बोकेको ढुवानी साधनमा थप गरिएका भन्सार महशुल र कच्चा पदार्थमा बढेको भन्सार, औषधिजन्य सामग्रीमा लागेको मूल्य अभिवृद्धिकर,कैलाजन्य वस्तुमा लागेको हरितकरले उत्पादन लागत बढ्न गई स्वदेशी उद्योगको प्रतिष्पर्धी क्षमतामा ह्रास आएको बताए।

उनले बजेटमा फलामे छडको अन्तःशुल्कमा भएको परिवर्तनले केही वर्षयता उद्योगीहरु अन्योलमा रहेको बताए।

अध्यक्ष ढकालले भूतप्रभावित कानूनहरु बजेटमा समावेश हुन थालेको कारणबाट नीतिगत स्थायित्व नहुँदा बजारमा सकारात्मक सन्देश नगएको उल्लेख गरे। उनले भूतप्रभावित कानूनहरुले क्षणिक रुपमा राजश्व संकलन भएपनि लगानीमा दिर्घकालिन असर देखिने दाबी गरे।

उनले सरकारले नीतिगत स्थायित्व दिएमात्रै लगानीको वातावरण बन्नसक्ने अवस्था रहेको बताए।

उनले राजश्व प्रशासन सम्वद्ध सेवालाई विगतका वर्षदेखि मुहार रहित बनाउने बजेटमा समावेश भएपनि पूर्णरुपमा स्वचालित हुन अहिलेसम्म नसकेको बताए। अध्यक्ष ढकालले स्टार्ट अप नीति पारितले अब स्टार्ट अप बिस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए।

उनले दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको नीति मन्त्रिपरिषदले पारित गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .