ad ad

कारोबार


लगानीकर्तालाई २४ अर्ब २९ करोडको बोनस सेयर

लगानीकर्तालाई २४ अर्ब २९ करोडको बोनस सेयर

नवराज रेग्मी
असार १७, २०७६ मंगलबार ८:४९,

 धितोपत्र बोर्डमा २४ अर्ब २९ करोड २ लाख ५६ हजार ५ सय १७ रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ। चालू आर्थिक वर्ष पूरा हुन लाग्दा बैंक, बीमा, हाइड्रोपावर, होटल, वित्तीय संस्थासहितका कम्पनीहरुले लगानीकर्तालाई दिएका बोनस सेयर धितोपत्र बोर्डमा सूचीकृत भएका हुन्।

२०७६ असार ८ गतेसम्म बोर्डमा २४ करोड ८८ लाख ९७ हजार ६ सय ११ कित्ता सेयर दर्ता भएको छ।

को हो बोनस सेयर?
कुनै पनि कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर भनिन्छ। यसका लागि सेयरधनीले पैसा तिर्नुपर्दैन। साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ। बोनस सेयर प्राप्त गर्नेले सरकारलाई कर भने तिर्नुपर्छ। 

बोनस सेयर र हकप्रद सेयर बाँडिसकेपछि कम्पनीको बजार सेयर मूल्यमा समायोजन गर्छ। यसले सेयरको मूल्य घट्न पनि सक्छ। संस्थाले आफ्नो मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी साबिकका सेयरवालाहरुलाई गरिने थप सेयर निष्काशनलाई बोनस सेयर निष्काशन भनिन्छ। 

कुन कम्पनीको कति बोनस सेयर?
बोर्डमा ०७५ साउनयता ८९ कम्पनीहरुले उक्त परिमाणको बोनस सेयर दर्ता गरेका छन्। बोनस सेयर दर्ता गर्नेमा वाणिज्य बैंक, विकास बैंक, लघुवित्त वित्तीय संस्था, फाइनान्स, बीमा कम्पनी, जलविद्युत् कम्पनी तथा अन्य केही होटलहरु रहेका छन्।

बोर्डका अनुसार वाणिज्य बैंकतर्फ असार ८ सम्म सिद्धार्थ बैंकको आव ०७३/०७४ को १४ प्रतिशतले हुने ९५ करोड ५६ लाख र ०७४/७५ को ५ प्रतिशतले हुने ४२ करोड गरी १ अर्ब ३७ करोडको बोनस सेयर दर्ता भएको छ।

हिमालयन बैंकको आव ०७३/०७४ को २५ प्रतिशतले हुने १ अर्ब ६२ करोड र ०७४/०७५को ५ प्रतिशतले हुने ४० करोड गरी २ अर्ब दुई करोडको, मेगा बैंकको ०७३/०७४ को १०.७५ प्रतिशतबापतको ९९ करोड र ०७४/०७५ को १ प्रतिशतबापतको १० करोड गरी १ अर्ब ९ करोडको बोनस सेयर दर्ता भएको छ।

बैंक अफ काठमाडौंको ८२ करोड ७५ लाखको ०७३/०७४ को १३.२५ प्रतिशत बराबरको बोनस तथा ०७४/०७५ को १४ प्रतिशतले हुने ९९ करोड गरी १ अर्ब ८१ करोडको, सेञ्चुरी कमर्सियल बैंकको ०७३/७४ को ५ प्रतिशतले हुने ३८ करोडको, एनएमबी बैंकको ०७३/०७४ को १५ प्रतिशतले हुने १ अर्ब १४ करोड र ०७४/७५ को १० प्रतिशतले हुने ८७ करोड गरी जम्मा २ अर्ब १ करोडको बोनस बोर्डमा दर्ता भएको छ।

एनआईसी एसिया बैंकको ०७४/७५ को १० प्रतिशतले हुने ८० करोडको, सिटिजन्स बैंक इन्टरनेशनलको ०७४/०७५ को ३.६० प्रतिशतले हुने २९ करोडको, ग्लोबल आईएमई बैंकको ०७४/७५ को १६ प्रतिशतले हुने १ अर्ब ४२ करोडको, लक्ष्मी बैंकको ०७४/०७५ को ८.५० प्रतिशतले हुने ६९ करोडको, नेपाल इन्भेष्टमेन्ट बैंकको ०७४/०७५ को १८ प्रतिशतले हुने १ अर्ब ९४ करोडको, नेपाल एसबीआई बैंकको ०७४/०७५ को ५ प्रतिशतले हुने ४० करोडको बोनस सेयर बोर्डमा दर्ता भएको छ।

चालू आवमा कृषि विकास बैंकको ०७४/७५ को ६ प्रतिशतले हुने ५१ करोडको, प्रभु बैंकको ०७४/०७५ को ८ प्रतिशतले हुने ६५ करोडको र नबिल बैंकको ०७४/७५ को १२ प्रतिशतले हुने ९६ करोडको बोनस सेयर दर्ता भएको छ।

विकास बैंकतर्फ नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको अघिल्ला दुई आवको कुल ४ करोड ६९ लाखको, कामना सेवा विकास बैंकको ०७३/०७४ को साढे ५ प्रतिशतले हुने १३ करोडको, देव विकास बैंकको ०७३/०७४ को १७.१० प्रतिशतले हुने २४ करोड ७० लाखको, गण्डकी विकास बैंकको ०७३/७४ को १९.३१ प्रतिशतले हुने ४४ करोड ५० लाखको बोनस सेयर दर्ता भएको छ।

शांग्रिला डेभलपमेन्ट बैंकको ०७३/०७४ को २.५० प्रतिशतले हुने ६ करोड र ०७४/७५ को ४ प्रतिशतले हुने १० करोडको, गरिमा विकास बैंकको ०७४/७५ को १० प्रतिशतले हुने २५ करोडको, महालक्ष्मी विकास बैंकको ०७४/७५ को ८ प्रतिशतले हुने २१ करोडको, हाम्रो विकास बैंकको ०७४/७५ को २.४० प्रतिशतले हुने १ करोड १८ लाखको, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ०७४/७५ को १७.७० प्रतिशतले हुने २४ लाखको बोनस सेयर दर्ता भएको छ।

मुक्तिनाथ विकास बैंकको ०७४/७५ को १८.२५ प्रतिशतले हुने ४७ करोडको, वेष्टर्न डेभलपमेन्ट बैंकको ०७३/७४ को १७.४१ प्रतिशतले हुने ७ करोड ४७ लाखको, सप्तकोशी डेभलपमेन्ट बैंकको ०७४/७५ को ३ प्रतिशतले हुने १ करोड ५२ लाखको, सिन्धु विकास बैंकको ०७३/७४ को ५.६३ प्रतिशतले हुने २ करोड ८० लाखको, कावेली विकास बैंकको ०७४/७५ को ३५ प्रतिशतले हुने ७ करोड ३७ लाखको, कन्काई विकास बैंकको ०७४/७५ को ३ प्रतिशतले १ करोड ५० लाखको बोनस सेयर दर्ता भएको छ।

भार्गव विकास बैंकको ०७३/०७४ को ५.५५ प्रतिशतले हुने २ करोड ६४ लाखको, तिनाउ विकास बैंकको ०७४/०७५ को १२ प्रतिशतले हुने ६ करोड ८ लाखको, मिसन डेभलपमेन्ट बैंकको ०७४/०७५ को ११ प्रतिशतले हुने ५ करोड ७१ लाखको, कञ्चन डेभलपमेन्ट बैंकको ०७४/०७५ को ५ प्रतिशतले हुने २ करोड ५३ लाखको, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ०७४/०७५ को १ प्रतिशतले हुने ५२ लाख ६४ हजारको बोनस सेयर बोर्डमा सूचीकृत भएको छ।

फाइनान्सतर्फ युनाइटेड फाइनान्स लिमिटेडको ०७३/०७४ को १९ प्रतिशतले हुने १२ करोड ७८ लाखको, मञ्जुश्री फाइनान्स लिमिटेडको ०७३/०७४ को ५.७१ प्रतिशतले हुने ४ करोड ३४ लाखको, पोखरा फाइनान्सको ०७३/०७४ को ८.२६ प्रतिशतले हुने ६ करोड २२ लाख र ०७४/०७५ को ५ प्रतिशतले हुने ४ करोडको, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ०७३/०७४ को २६.५७ प्रतिशतले हुने १६ करोड ७९ लाख बोनस सेयर दर्ता भएको छ।

०७४/०७५ को १.२३ प्रतिशतले हुने ९८ लाखको, सेन्ट्रल फाइनान्स लिमिटेडको ०७३/०७४ को ८.७६ प्रतिशतले हुने ६ करोड ६३ लाखको, जेबिल्स फाइनान्सको ०७३/७४ को ३.७५ प्रतिशत र ०७४/०७५ को १.२४ प्रतिशतले हुने ३ करोड ८९ लाखको र सृजना फाइनान्सको ०७४/०७५ को १५ प्रतिशतले हुने ६ करोडको बोनस सेयर बोर्डमा सूचीकृत भएको छ।

लघुवित्ततर्फ बोर्डमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको ०७३/०७४ को १९ प्रतिशतले हुने ७६ लाख र ०७४/०७५ को ४२.७५ प्रतिशतले हुने ३ करोडको, कालिका लघुवित्त वित्तीय संस्थाको ०७३/०७४ को २१.२१ प्रतिशतले हुने १ करोड ७५ लाखको, समिट लघुवित्त वित्तीय संस्थाको ०७३/७४को १७.५४ प्रतिशतले हुने २ करोड ५० लाख बोनस सेयर दर्ता भएको छ।

०७४/७५ को २३.५३ प्रतिशतले हुने४ करोडको, स्वरोजगार लघुवित्तको ०७४/७५ को २० प्रतिशतले हुने २ करोड ४४ लाखको, जनउत्थान सामुदायिक लघुवित्तको सोही वर्षको २० प्रतिशतले हुने ४८ लाखको बोनस सेयर सूचीकृत भएको छ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ०७४/०७५ को १५ प्रतिशतले हुने ४ करोड २९ लाखको, निर्धन उत्थानको ०७४/७५ को २० प्रतिशतले हुने २० करोडको बोनस सेयर सूचीकृत भएको छ।

साना किसान लघुवित्तको ०७४/७५ को २५ प्रतिशतले हुने १५ करोडको, नेशनल माइक्रोफाइनान्सको २५ प्रतिशतले हुने ३ करोडको, डिप्रोक्स लघुवित्तको १० प्रतिशतले हुने २२ करोडको, आरएसडीसी लघुवित्तको १० प्रतिशतले हुने ५ करोड ७५ लाखको, समता लघुवित्तको ६.६६ प्रतिशतले हुने ३७ लाखको, आरएमडीसी लघुवित्तको १० प्रतिशतले हुने ७ करोडको, स्वावलम्बन लघुवित्तको २५ प्रतिशतले हुने १२ करोड ५७ लाखको, सिभिल लघुवित्तको ०७४/०७५ को ४ प्रतिशतले हुने ४३ लाखको, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ०७४/७५ को २५ प्रतिशतले हुने ७ करोड ७५ लाखको बोनस सेयर दर्ता भएको छ।

मिर्मिरे लघुवित्तको ०७४/०७५ को २४ प्रतिशतले हुने २ करोड ४९ लाखको, ग्लोबल आईएमई लघुवित्तको ०७४/७५ को १५ प्रतिशतले हुने १ करोड ४४ लाखको, विजय लघुवित्तको ०७४/०७५ को १० प्रतिशतले हुने १ करोड ७७ लाखको बोनस सेयर दर्ता भएको छ।

एनएमबी लघुवित्तको ०७४/०७५ को १५ प्रतिशतले हुने २ करोडको, नेरुडे लघुवित्तको १५ प्रतिशतले हुने ५ करोडको, महुली सामुदायिक लघुवित्तको २० प्रतिशतले हुने १ करोड २० लाखको बोनस सेयर सूचीकृत भएको बोर्डले जनाएको छ।

बीमा कम्पनीतर्फ एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ०७३/७४ को ४ प्रतिशतले हुने ४ करोड ८३ लाखको, सूर्या लाइफ इन्स्योरेन्सको १२ प्रतिशतले हुने १२ करोडको, लाइफा इन्स्योरेन्स कर्पोरेसनको ०७३/०७४ को १२ प्रतिशतले हुने १६ करोडको र नेशनल लाइफ इस्योरेन्स कम्पनीको ०७३/७४ को १३.५० प्रतिशतले हुने ३५ करोडको बोनस सेयर बोर्डमा सूचीकृत भएको छ।

बोर्डमा सेयर दर्ता भएकामध्ये बाँकी कम्पनीमा ऊर्जातर्फ राधी विद्युत् कम्पनीको ०७३/०७४ को १० प्रतिशतले हुने ४ करोडको, सानिमा माई हाइड्रोपावरको ०७४/७५ को १० प्रतिशत अर्थात् २१ करोडको बोनस सेयर दर्ता भएको छ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ०७४/७५ को ६ प्रतिशतले हुने ३ करोडको, चिलिमे जलविद्युत् कम्पनीको ०७४/७५ को २० प्रतिशत अर्थात् ७९ करोडको, बुटवल पावर कम्पनीको ०७४/७५ को १० प्रतिशत अर्थात् २२ करोडको बोनस सेयर सूचीकृत भएको बोर्डले जनाएको छ।

अन्य अन्तर्गत हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ०७४/७५ को १ अर्बको र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ०७३/७४ को २२.०६ प्रतिशतले हुने १९ करोड ९२ लाखको बोनस सेयर सूचीकृत भएको छ।

होटलअन्तर्गत ओरिएन्टल होटल्स लिमिटेडको ०७४/०७५ को १५ प्रतिशत अर्थात् १४ करोडको, सोल्टी होटलको ०७४/७५ को १० प्रतिशत अर्थात् ६ करोड ६६ लाखको बोनस सेयर सूचीकृत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .