ad ad

कारोबार


सडक विभागले वर्षातका ३ महिना सडक खन्न नदिने

सडक विभागले वर्षातका ३ महिना सडक खन्न नदिने

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८१ बुधबार ११:४७, काठमाडौँ

सडक विभागले आगामी असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको छ। 

वर्षायाममा धारा, ढल, विजुली, टेलिफोनलगायतका कामका लागि सडक खन्दा मर्मत गर्न नसकिने भएकाले यस अवधिमा सडक खन्न अनुमति नदिइने विभागले जनाएको छ। 

वर्षायाममा सडक खन्दा यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रर्दै जाने भएकाले वर्षात्का तीन महिना सडक खन्न नदिइने विभागको भनाइ छ। 

‘यस अवधिमा कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने छ,’ संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .