ad ad

कारोबार


आईपीओ निष्काशन अघि बढाउने तयारीमा धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष

आईपीओ निष्काशन अघि बढाउने तयारीमा धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष

कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार राना


नेपालखबर
असार ६, २०८१ बिहिबार १२:२६, काठमाडौँ

धितोपत्र बोर्ड नेपालको अध्यक्ष टुंगो नलागेमा कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार रानाले नै आईपीओ निष्काशनको काम अगाडि बढाउने भएका छन्।

अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तर्वार्ताको मिति तोकेपछि कावा अध्यक्षले रोकिएका काम अगाडि बढाएका थिएनन्। 

तर दुई पटकको अन्तर्वार्ता पनि नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेपछि कावा अध्यक्ष राना रोकिएका काम सुरु गर्ने निर्णयमा पुगेका हुन्। 

बोर्ड सदस्य सुरकृष्ण बैद्यका अनुसार नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि नबढ्दा रोकिएका काम कावा अध्यक्षले नै पुन: सुरु गर्ने तयारी छ।

‘उहाँले अध्यक्षलाई नै पर्खिन खोज्नुभएको थियो,अब अलमल हुने भएपछि बोर्ड बैठक राखेर काम सुरु गर्ने भन्नुभएको छ’, उनले भने।

पूर्वअध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि अर्थ मन्त्रालयले गत जेठमा मन्त्रालयका सहसचिव रानालाई बोर्डको जिम्मेवारी दिएको छ।

५ महिनादेखि बोर्डबाट हुने काम हरु ठप्प भएपछि उनलाई शक्तिशाली कार्यवाहकको रुपमा बोर्ड पठाएको थियो।

 यता अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले अन्तार्वार्ता बोलाएपछि रानाले काम सुरु गर्न तत्काललाई रोकेका थिए।

तर अब तत्काल अध्यक्ष नियुक्ति नहुने देखेपछि आईपीओ निष्काशनको काम सुरु गर्न लागेका हुन्। अहिले ३५ कम्पनीको आईपीओ पाइपलाइनमा रोकिन पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .