बिमा अभिकर्ता दक्ष नहुँदा पनि बिमा प्रभावकारिता जनतामा नदेखिएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ।
बैंकले गरेको फाइनान्सियल स्टेबिलिटी रिपोर्टमा बिमा अभिकर्ता दक्ष नभएको उल्लेख गरेको हो।
‘बिमा गर्ने अभिकर्ता दक्ष भएनन्, उनीहरु इन्स्योरेन्स गरेबापत फिर्ता पाउने पैसा र छुटमा मात्रै सीमित भए यसले बिमा प्रतिको साक्षरतालाई बढाउन सकेन रिपोर्टमा भनिएको छ।’
रिपोर्टमा बिमा कम्पनीहरुले सेवाग्राहीको आवश्यकतालाई हेरेर बिमा पोलिसी नल्याएको बरु उस्तै प्रकारक एकभन्दा बढी बिमा पोलिसी बिक्री गरेको उल्लेख गरेको हो।
लक्षित वर्गको आवश्यकतालाई हेरेर सोही किसिमको बिमा पोलिसी बिक्री गर्नुको साटो सबैलाई उस्तै प्रकारको पोलिसी बिक्री गर्ने गरेको देखिएको हो।
रिपोर्टले बिमाको प्रभावकारिता अपेक्षित रुपमा बढ्न नसकेको निष्कर्ष निकालेको हो। ग्रामीण क्षेत्रमा बिमा कम्पनीहरुको उपलब्धता कम हुनाले पनि बिमा साक्षरतालाई बढाउन नसकेको उल्लेख गरिएको छ।
Shares
प्रतिक्रिया