ad ad

कारोबार


निगमको न्यारोबडी जहाजको इन्जिन मर्मतबारे छानबिन गर्न मन्त्रालयले बनायो समिति

निगमको न्यारोबडी जहाजको इन्जिन मर्मतबारे छानबिन गर्न मन्त्रालयले बनायो समिति

नेपालखबर
असार २०, २०८१ बिहिबार ११:५३, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले न्यारोबडी जहाज (ए३२०)को इन्जिन मर्मतका लागि इटली पठाइएकोबारे छानबिन गर्न समिति गठन गरेको छ। 

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। 

यही १८ गते मन्त्रीस्तरीय निर्णयबाट गठित समितिले ए३२० वायुयानको इन्जिन मर्मतसम्भार गर्न इजरायल पठाएको र उक्त जहाजको थ्रिसी चेकका लागि इटली पठाएको सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ। 

यसैबीच, उक्त समितिले यससम्बन्धी सबै कागजात र विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निगमलाई निर्देशन दिएको छ। योसँगै निगमले ए३२० जहाजको इन्जिन मर्मतसम्भार गर्न इजरायल पठाउँदाको सबै कागजात, फाइल तथा पत्राचार (इमेल समेत) समितिलाई बुझाउनुपर्नेछ।

यसबाहेक निगमको ए३३० (९एन एएलवाई) वायुयान इटलीको एमएस अलिटेक एसपीएमा पठाउँदाको सबै निर्णय प्रक्रिया तथा निगमको प्रावधान र यससम्बन्धी कागजात (निर्णय, पत्राचार, इमेललगायत सबै) समितिले मागेको छ। 

त्यसैगरी समितिले उक्त कार्यमा संलग्न अधिकारीहरुको विवरण (नाम र सम्पर्क विवरणसहित) पनि बुझाउन भनेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .