अमेरिकी विमान निर्माता बोइङको नयाँ अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा केली अर्टबर्ग नियुक्त भएका छन्।
अगस्ट ८ देखि उनले आफ्नो कार्यकाल सुरु गर्नेछन्। कम्पनीले ठूलो त्रैमासिक घाटा व्यहोरेकै बेला नयाँ सीईओको आगमन भएको छ। अनेक संकटमा फसिरहेको कम्पनीले प्रतिरक्षा र अन्तरिक्ष व्यवसायमा पनि राम्रो गर्न सकिरहेको छैन।
प्रतिरक्षा, अन्तरिक्ष र सुरक्षातर्फको कम्पनीको व्यवसाय २०२२ र २०२३ मा निरन्तर अर्बौँ डलर घाटामा छ।
कोरोना महामारीसम्म कम्पनीले निश्चित मूल्यको सम्झौता गर्ने गरेको थियो। त्यसमा लागत बढेको कम्पनीले जनाएको छ। अब भने कम्पनीले त्यस्तो सम्झौता नगर्ने भएको छ। त्यसो गर्दा नोक्सानी गत वर्ष मात्रै १.७६ अर्ब डलर पुगेको थियो। रोयटर्सबाट
252
Shares
प्रतिक्रिया