नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) बाट आफ्नो लगानी झिकेर संस्थापक सेयरबाट एनआईसी एसिया लघुवित्त बाहिरिने भएको छ।
कम्पनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।
निफ्राले उक्त सेयर लिलामीमा राख्दै खरिद आवेदन माग गरेको छ।
पहिलोपटक कम्पनीले संस्थापक सेयरधनीबाटै आवेदन माग गर्नेछ।
त्यसपछि खरिद हुन बाँकी सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गर्ने छ।
अहिले भने संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्।
कम्पनीले ७ दिनभित्र आवेदन पेस गर्न भनेको छ।
588
Shares
प्रतिक्रिया