ad ad

कारोबार


कार्ल्सबर्ग इन्डिया र गोर्खा ब्रुअरीको सेयर कार्ल्सबर्ग ग्रुपले किन्ने

कार्ल्सबर्ग इन्डिया र गोर्खा ब्रुअरीको सेयर कार्ल्सबर्ग ग्रुपले किन्ने

नेपालखबर
साउन १८, २०८१ शुक्रबार २०:४, काठमाडौँ

कार्ल्सबर्ग ग्रुपले, कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेडबाट ३३.३३ प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको छ।

कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेड, कार्ल्सबर्ग इन्डिया प्रालि र नेपालमा रहेको गोर्खा ब्रुअरीको होल्डिङ कम्पनी हो। यस सम्झौता बमोजिम, कार्ल्सबर्ग ग्रुपले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत सेयर खरिद गर्नेछ।

प्रस्तावित कारोबारको सम्झौता समाप्ति पश्चात कार्ल्सबर्गले भारतमा रहेको सम्पूर्ण ब्यापारको शतप्रतिशत स्वामित्व प्राप्त गर्नेछ तथा कार्ल्सबर्ग साउथ एसियाको सेयर स्वामित्व मार्फत नेपालमा रहेको गोर्खा ब्रुअरीको ९९.९४ प्रतिशत सेयर स्वामित्व पनि प्राप्त गर्नेछ। प्रस्तावित कारोबारको कुल खरिद मूल्य ७४४ मिलियन अमेरिकी डलर रहेको छ। कारोबारको ७४४ मिलियन अमेरिकी डलर मध्ये २०७ मिलियन अमेरिकी डलर रकम हालका लागि कार्ल्सबर्गसँग रहनेछ।

जुन रकम खरिद बिक्री सम्झौताको अधिनमा रहेर आउन सक्ने दाबीको भुक्तानी गरी बाँकी रहेको रकम आगामी ३ देखि ५ वर्षभित्र हस्तान्तरण गरिसक्ने छ। प्रस्तावित कारोबारहरु सन् २०२४ को अन्तिम त्रैमाससम्ममा सम्पन्न गरिसक्ने अपेक्षा गरिएको छ। प्रस्तावित कारोबार हुनका लागि दुई पक्षबीच केही विशेष सर्तहरु पूरा हुनुपर्ने गरी सम्झौता भएको छ। यो सम्झौता सम्बन्धि सर्तहरु पूरा गर्नुका साथै नेपालमा कारोबार हुँदा पालना गर्नुपर्ने सरकारी स्वीकृतिका आवश्यक विषयहरु पनि यसमा समावेश छन्।

प्रस्तावित कारोबारहरूलाई भारतको प्रतिस्पर्धा आयोगले अनुमती दिइसकेको हुनाले कुनै पनि अन्य नियामक (एन्टीट्रस्ट अथोरिटी) को आधार यस कारोबारमा समावेश हुने छैन। कार्ल्सबर्ग साउथ एसियामा बाँकी रहेको सेयरहोल्डिङ को खरिदले कार्ल्सबर्ग साउथ एसिया र कार्ल्सबर्ग इन्डिया प्रालि पहिलेदेखि नै पूर्णतया एकिकृत भएका कारण कार्ल्सबर्ग ग्रुपको लेखामा कुनै पनि प्रभाव नपार्ने बताइएको छ।

कार्ल्सबर्ग साउथ एसियाको सेयरहोल्डिङ मार्फत् नेपालमा गोर्खा ब्रुअरीमा रहेको व्यवसाय हाल नियन्त्रणको अभावका कारण कार्ल्सबर्ग ग्रुपको खातामा सम्बद्ध कम्पनीको रूपमा बर्गिकरण गरिएको छ। तर कार्ल्सबर्ग साउथ एसियाले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत सेयर खरिद गरेपछि पूर्ण रूपमा एकिकृत हुनेछ।

यो सम्झौताबारे कार्ल्सबर्ग ग्रुपका प्रमुख कार्यकारी अधिकृत जाकोब आरुप एन्डरसन भने,‘हामी हाम्रा साझेदारसँग मैत्रीपूर्ण सम्झौतामा पुग्न सक्षम भएकोमा र दुईवटा महत्वपूर्ण एसियाली व्यवसायहरुमा पूर्ण नियन्त्रण हासिल गर्न सकेकोमा असाध्यै खुशी छौं। भारतमा व्यापार बिस्तार गर्नु हाम्रो कम्पनीको एक्सलेरेट सेल स्ट्राटेजीको प्रमुख प्राथमिकता हो। हामी यस रोमाञ्चक बियर बजारमा दीर्घकालीन वृद्धिका अवसरहरु हासिल गर्न लगानीलाई तीब्र रुपमा बढाउनेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .