यो साता ४ दिन मात्रै सेयरबजारमा कारोबार भयो। गत साताको तुलनामा यो साता समग्रमा नेप्से सूचक ३० अंकले सूचक घटे पनि साताभर लगानीकर्ता कहिले खुसी र कहिले चिन्तित भइरहे।
साताभर नेप्सेमा देखिएको उतारचढावले पनि यस पटक बजारलाई अस्थिर बनाउन पुग्यो। अस्थिर बनेको बजारमा २८ वटा कम्पनी भने सर्किटमय बनेका छन्।
४ दिन कारोबारमा आएको बजारले १ दिन १४५ अंकको ह्रास व्यहोर्दा अघिल्लो साताको तुलनामा यो साता सूचकमा उति वृद्धि देखिन सकेन। एक दिनको करेक्सनले सूचकको आधारमा गत हप्ताको तुलनामा यो हप्ता त्यति सुधार नदेखिए पनि समग्रमा यो साता ३ दिन सेयरबजार हरियाली बन्न पुगेको छ।
यो साता २१ कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिसहितको सकारात्मक सर्किट देखियो भने ७ वटा कम्पनीमा नकारात्मक सर्किट देखियो। यो हप्ता मैलुङ खोला जलविद्युत्, डोल्टी पावर र सिटी होटलको सेयरमूल्यमा दुई दिन निरन्तर सर्किट लाग्दा अन्य २३ कम्पनीको भने एक-एक दिन सर्किट लागेको हो।
यो साता फाइनान्स समूहतर्फ ३ वटा कम्पनी सकारात्मक सर्किट लाग्दा ३ वटा कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस्तै जलविद्युततर्फ ८ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा दुई कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्यो।
यी कम्पनीमा लाग्यो सर्किट
यो साता फाइनान्सतर्फ गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्सको मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
यस्तै जलविद्युत् समूहतर्फ मैलुङ खोला, डोल्टी पावर, रुरु जलविद्युत्, सगरमाथा जलविद्युत्, कुथेली बुखारी हाइड्रो, भगवती हाइड्रो, भिजन लुम्बिनी ऊर्जा र मिड सोलु हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा शुभम् पावर र पञ्चकन्या माई हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लागेको हो।
यो साता वाणिज्य बैंकहरु भने सर्किट लेभलमा बढ्न वा घट्न दुवै सकेनन्।
विकास बैंकहरुमा पनि कर्णाली विकास बैंक मात्रै एक्लो सर्किट लगाउन सक्ने कम्पनीमा प¥यो भने होटल तथा टुरिजमको अवस्था पनि उस्तै रह्यो। यो समूहतर्फ सिटी होटलको मात्रै मूल्यमा सकारात्मक सर्किट लागेको हो।
यस्तै उत्पादन तथा प्रशोधनतर्फ भने यो साता ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यो साता बोटलर्स नेपाल (बालाजु), शिवम् सिमेन्ट, घोराही सिमेन्ट इन्डस्ट्री, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्टको मूल्यमा सर्किट लागेको हो।
अन्य समूहमा भने दुईवटै कम्पनीको मूल्यमा यो साता सकारात्मक सर्किट लागेको छ। हिमालयन पुनर्बीमा र नेपाल पुनर्बीमा दुवै कम्पनीको सेयरमूल्यमा यो साता एक दिन सकारात्मक सर्किट लागेको छ।
लगानी समूहमा भने यो साता सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा हाथवे र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको मूल्यमा नकारात्मक सर्किट लागेको छ।
यो साता बजारमा लगानीकर्ता उत्साहित मात्रै रहेनन्। पूर्वअर्थमन्त्री, सांसद तथा नेताहरुको सेयरबजारप्रतिको अभिव्यक्तिलाई लिएर लगानीकर्ता ‘प्यानिक सेल’मा पनि उत्रिन पुगे। जसले गर्दा यो साता ठूलो अंकको वृद्धि र गिरावट दुवै एकैसाथ देखियो।
यद्यपि १४५ अंकको गिरावटमा पनि बाँकी कारोबार दिनमा देखिएको सूचकमा वृद्धिले समग्रमा बजारमा लगानीकर्ताले राम्रै कमाउन सफल बनेको देखिन्छ।
साताका ४ दिन कुन दिन कस्तो रह्यो बजार?
सोमबार : जलविद्युत् कम्पनीमा लगानीकर्ताले बढाए खरिद चाप, ८ कम्पनीमा सकारात्मक सर्किट
मंगलबार : सेयरबजारमा १४५ अंकको ‘करेक्सन’, कारोबारमा २३ अर्बको नयाँ रेकर्ड
बुधबार : १४५ अंकको करेक्सनपछि १०८ अंकले बढ्यो नेप्से, फाइनान्सहरुको सेयरमा धमाधम सर्किट
बिहीबार : २ कम्पनीको सेयर कारोबारले अर्ब नाघ्यो, २० अर्बको किनबेच
Shares
प्रतिक्रिया