सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने निर्णय भएको जानकारी दिए।
36
Shares
प्रतिक्रिया