बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई डल्फीन कार उपहार दिएको छ।
कम्पनीले हिजो (बिहीबार) साँझ पलेसालाई कार हस्तान्त्रण गरेको हो।
तेक्वान्दो खेलमा पारा ओलम्पिकमा पहिलो पटक नेपाललाई पदक दिलाउन सफल पलेसालाई साइमेक्स इंकले ४१ लाख १५ हजार मूल्य पर्ने डल्फीन दिएको हो।
उक्त गाडी हस्तान्त्रण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्दा गर्व महशुस भएको छ।’
कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो। कम्पनीले कुनै किसिमको साझेदारी नगरेर विसुद्ध प्रतिभाको सम्मान गरेको जनाएको छ।
480
Shares
प्रतिक्रिया