ad ad

कारोबार


नेपाल भारत उद्योग वाणिज्य संघमा केसीको अध्यक्षतामा नयाँ कार्यसमिति, को को चुनिए?

नेपाल भारत उद्योग वाणिज्य संघमा केसीको अध्यक्षतामा नयाँ कार्यसमिति, को को चुनिए?

नेपालखबर
असोज १०, २०८१ बिहिबार १३:५५, काठमाडौँ

नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)मा सुनिल केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। 

निक्कीको बुधबार सम्पन्न साधारणसभाले सिंगटी हाइड्रो इनर्जीका निर्देशक केसीलाई सर्वसम्मत अध्यक्ष चुनेको हो। 

उनी हाल उपाध्यक्ष रहेका थिए। त्यसैगरी कार्यसमिति सदस्यहरुमा अनिल कुमार शाह (गोपाल राइस मिल), बटु लामिछाने (ह्याबिट्याट पावर कम्पनी), करण कुमार चौधरी (अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स), किरण मल्ल (हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालि) रहेका छन्। 

यस्तै कुनाल केयल (सानिमा जीआईसी इन्स्योरेन्स), रवि कुमार रायावरम (सूर्य नेपाल प्रालि), शशीकान्त अग्रवाल (रिलायन्स स्पिनिङ मिल) र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका सिद्धार्थ मजुम्दार सदस्य चुनिएका छन्। 

अरु ३ जनालाई अध्यक्ष केसीले मनोनयनबाट नियुक्त गरेका छन्। यसरी नियुक्त हुने सदस्यमा एबीसी मल्टिपर्पस ट्रेड प्रालिका अरुण कुमार केसी, क्वालिटी फ्रेट सर्भिस प्रालिका राजन शर्मा र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका उत्तम भ्लोन छन्। 

उक्त कार्यसमिति सदस्यबाटै निक्कीको उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत पदाधिकारी चयन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .