ad ad

कारोबार


अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढ्दा सस्तियो युरो

अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढ्दा सस्तियो युरो

नेपालखबर
असोज ११, २०८१ शुक्रबार ६:२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको घटेको छ भने युरो सहितका कतिपय मुद्रा सस्तिएका छन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०६ पैसा थियो। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा थियो। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा थियो। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा थियो। 

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६९ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ २१ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ८६ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ६७ पैसा थियो। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .