ad ad

कारोबार


शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलका आन्तरिक उडान स्थगित

शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलका आन्तरिक उडान स्थगित

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०८१ शुक्रबार २०:२३, काठमाडौँ

अविरल वर्षाका कारण मौसममा आएको खराबीका कारण शनिबार बिहानसम्मका सबै आन्तरिक उडान स्थगित गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ।

प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ।’

शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। त्यस्तै, राजमार्गमा हुनसक्ने जोखिम मध्यनजर गर्दै रात्रिबस पनि सञ्चालनमा रोक लगाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .