ad ad

कारोबार


राजमार्गमा बाढी पहिरो, बसपार्कमा छैन अग्रिम टिकट लिनेको भिड (तस्बिरहरू)

राजमार्गमा बाढी पहिरो, बसपार्कमा छैन अग्रिम टिकट लिनेको भिड (तस्बिरहरू)

सरोज नेपाल
असोज १३, २०८१ आइतबार २१:५८, काठमाडौँ

दसैँका लागि घर फर्कने चाहने यात्रुहरूका लागि सरकारले हिजो (शनिबार) बाट अग्रिम टिकट बुकिङ खुला गरेको छ। 

काठमाडौंमा अध्ययन, रोजगारी र व्यापार गर्दै आएका व्यक्तिहरूलाई चाडपर्व मनाउन आफ्नो गाउँ फर्किन सहज होस् भनेर सरकारले दसैँ आउनुभन्दा केही दिनअघि नै यो व्यवस्था गरेको हो। 

जस अनुसार, नयाँ बसपार्कमा शनिबारदेखि नै टिकट लिनेहरूको उपस्थिति बाक्लो बन्न थालेको छ। 

टिकट बुकिङ खुला भएको खुशी यसअघिका दसैँमा जति देखिन्थ्यो यो पटक कम छ। गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभर आएको बाढी र पहिरोले मानिसहरू अग्रिम बुकिङ के गर्ने भन्ने अन्यौलमा देखिन्छन्।

आइतबार बिहान नयाँ बसपार्कमा पुग्दा यस्तै देखिन्थ्यो। यसअघि बाक्लो भिड हुने यो क्षेत्रमा वर्षा र बाढीका कारण चहलपहल कमै देखिन्छ। 

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .