ad ad

कारोबार


हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छ : कुलमान घिसिङ

हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छ : कुलमान घिसिङ

नेपालखबर
असोज १३, २०८१ आइतबार १९:८, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताएका छन्।

आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्।

उनले ४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडबक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको बताउँदै उनले अहिलेसम्म आयोजनामा भएको क्षति यकिन गर्न नसकिएको बताए।

अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनःनिर्माण गर्न नसके यस वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउनसक्ने घिसिङले बताए। 

‘४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडवक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको छ। क्षति यकिन गर्न सकिएको छैन। चार जना बेपत्ता भएको अवस्था छ। अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पूर्णनिर्माण गर्नुपरे यो वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउन सक्छ। त्यो समयमा बढी विद्युत आयात गर्नुपर्ने हुनसक्छ। छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा छौँ। कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको छ। कावेली करिडोरबाट तीन सवस्टेशन इलाम, फिदिम र ताप्लेजुङ विद्युत सप्लाई हुने लाइन पनि बन्द भएको छ,’ उनले भने।

हिउँदको समयमा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने उल्लेख गर्दै उनले क्षति पुगेका जलविद्युत आयोजनाहरूमा छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा प्राधिकरण लागेको बताए। 

खिम्ति लामासाँघु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको भन्दै त्यसलाई बनाउन जाने कुनैपनि पहुँच मार्ग नभएकाले समस्या भइरहेको उनले बताए। 

‘खिम्ति लामासाँगु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको छ। त्यसलाई बनाउन जाने कुनैपनि माग नभएकाले समस्या भएको छ। एक हप्ताभित्र बन्ने अनुमान गर्न सकिन्छ। खिम्तिदेखि ढल्केवर २२० केवी लाइन छ। त्यसले करिब ८ सय मेगावट पावर सप्लाई गर्छ। एउटा टावर भएतिर तामाकोशी नदी बगिरहेकाले खतरामा छ भन्ने खबर आएको छ। त्यो टावर क्षति भएमा ८०० सय मेगावटको लिखु र तामाकोशी करिडार सबै बन्द हुने अवस्था छ। विद्युत लाइनको टावर जानु र आयोजना जानु फरक छ। एउटा टावर जाँदा सबै आयोजनाहरू जान्छन्। त्यसैले टावरलाई जोगाउन महत्वपूर्ण छ,’ घिसिङले भने, ‘चमेलिया करिडोरमा पनि केही क्षति भएको छ। वितरण लाइनमा पनि धेरै समस्याहरू छन्। बिट गरेको एकपटको ८ सय मेगावटा विद्युत प्रयोग गर्नसक्यौँ। तर बाढीको कारण सबै पावर प्लान्ट बन्द भएपछि बिट गरेको विद्युत पनि खरिद गर्न सकेनौँ। अहिले विद्युत निर्यात घटेको छ। करिब २५० देखि ३०० मेगावटको मात्रै निर्यात भइरहेको छ। अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गर्ने हो। खपत गरेर बाँकी रहेको विद्युत मात्रै खपत गर्ने हो।’

करिब २५० देखि ३ सय मेगावटको मात्रै विद्युत निर्यात भइरहेको बताउँदै उनले अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .