क्याबिन क्रु विवादले १५ घण्टा हङकङमै अड्कियो नेपाल एयरलाइन्सको जहाज

क्याबिन क्रु विवादले १५ घण्टा हङकङमै अड्कियो नेपाल एयरलाइन्सको जहाज

नेपालखबर
असोज २०, २०८१ आइतबार १५:२, हङकङ

नेपाल एयरलाइन्सका क्रु मेम्बरले जहाज उडानको क्रममा विवाद गर्दा काठमाडौं–हङकङ उडान प्रभावित बनेको छ। 

निगम व्यवस्थापन र क्याबिन क्रुको विवादले सर्वसाधारणका यात्रामा ढिलाइ भएको हो। 

शनिबार राति त्रिभुवन विमानस्थलबाट उडेर आइतबार बिहान साढे १ बजे हङकङमा अवतरण भएको जहाज केही समयपछि नै काठमाडौँ फर्किनु पर्नेमा फेरि विवाद भएपछि दिनभर रोकियो। त्रिभुवन विमानस्थलले ४ः१० मा मात्रै हङकङबाट काठमाडौं आउने तालिका रहेको उल्लेख गरेको छ।

करिब २२ घण्टा जहाज ढिलो भयो भने १५ घण्टा जहाज हङकङमै रोकियो। जसले गर्दा हङकङका यात्रुहरू चरम मारमा परेका छन्।

‘क्याबिन क्रुहरुकै विवादको कारण समयमा उडान गर्न नपाएका हौँ’, नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले आइतबार दिउँसो भने, ‘विवाद समाधान भइसक्यो अब जहाज फर्किन्छ।’

एउटा गन्तव्यको उडानमा समस्या पर्दा अर्को गन्तव्यमा उडान तालिका बिग्रिन्छ। एउटै जहाजले धेरै गन्तव्यमा उडान गर्ने भएकाले समस्यामा पर्छ। ट्रान्जिट बनाएर उडान गर्ने यात्रुले त जहाज नै छुट्ने समस्या भोग्ने गरेका छन्। 

नेपाल एयरलाइन्सको हङकङ कार्यालयका प्रमुख अर्विन प्रजापतिले हङकङबाट काठमाडौंका लागि उडान भरिसकेको बताए।

‘हङकङबाट काठमाडौंका लागि उडान भरिसकेको छ’, प्रजापतिले भने।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .