कारोबार


कोरोना रोकथाम कोषमा यती समूहले जम्मा गर्‍यो १ करोड

कोरोना रोकथाम कोषमा यती समूहले जम्मा गर्‍यो १ करोड

नेपालखबर
चैत २७, २०७६ बिहिबार १२:२,

व्यावसायिक यती समूहले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग रकम जम्मा गरेको छ। यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले एक करोडको चेक हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपाल लगायत विश्व नै ठप्प बनेको यस घडीमा महामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न नेपाल सरकारलाई सहयोग गरेको यती समूहले बताएको छ।

‘नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु हामी एक राष्ट्रिय व्यावसायिक समूह ‘यती समूह’ले आफ्नो कर्तव्य ठान्दछौं, समूहले एक विज्ञप्तिमा भनेको छ, ‘व्यवसाय ठप्प छ, अर्थतन्त्र ओरालो लागेको अवस्था छ, तर व्यवसायभन्दा पनि देश र जनताको पक्षमा ‘यती समूह’ उभिएको जानकारी गराउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .