सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले रकम जम्मा गरेका छन्।
नेशनल लाइफले १ करोड र एनएलजीले २५ लाख रुपैयाँ जम्मा गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए।
मंगलबार नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एक करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रुपैयाँको छुट्टाछुट्टै चेक अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए।
कोषमा आज प्राप्त हुन आएको चेक रकमसहित जम्मा ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको मन्त्रालयले उल्लेख गरेको छ।
27
Shares

प्रतिक्रिया