कारोबार


थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री–क्लास एयरबस सञ्चालनमा, बोइङ ७७७ अपरेसन प्रतिस्थापन

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री–क्लास एयरबस सञ्चालनमा, बोइङ ७७७ अपरेसन प्रतिस्थापन

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १८:८, काठमाडौँ

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले थ्री–क्लासको सुविधासहित एयरबस ए३३०–३००  विमान सञ्चालनमा ल्याएको छ।   

यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री–क्लास सुविधासहित सेवा दिन थालेको हो। यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो। जसले उडान भर्दै आएको बोइङ ७७७ अपरेसनलाई प्रतिस्थापन गरेको छ।

नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैं प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ। बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा युक्त सेवा प्रदान गरिरहेको हो।

कार्तिक ९ देखि थाइ एयरवेज इन्टरनेशनलले एयरबस ए३३०–३००  दैनिक दुई पटक काठमाडौँमा उडान भर्दै आइरहेको छ।

सुधार गरिएको विमान कन्फिग्रेसन र यात्रु अनुभव 
नयाँ एयरबस ए३३०–३०० विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ।  जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो।

प्रिमियम इकनोमी प्लस वर्गः ३१ वटा प्रिमियम सीटहरु जसमा पूर्ण फ्ल्याट बेडहरु, प्रत्यक्ष आईसल पहुँच र अधिक निजी वातावरण उपलब्ध छन्। लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ।

प्रिमियम इकनोमी वर्गः ४८ वटा ठूला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेसक्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ।

इकोनोमी वर्गः कुल १८५ आरामदायी सीटहरु छन्। जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस केबिन कर्मचारी सेवाहरू उपलब्ध छन्। जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरुले रोजाइको विकल्प बनाउन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad