कारोबार


साढे ६६ करोड बढी सञ्चित मुनाफा गरेको शाइन रेसुंगाले कति दिँदै छ लाभांश?

साढे ६६ करोड बढी सञ्चित मुनाफा गरेको शाइन रेसुंगाले कति दिँदै छ लाभांश?

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार ११:३८, काठमाडौँ

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। 

२१ गते बसेको सञ्चालक समिति बैठकले वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांशबारे निर्णय गरेको हो। 

आव २०८१÷०८२ सम्मको बैंकको सञ्चित मुनाफा ६६ करोड ८५ लाख छ। चुक्ता पुँजी ४ अर्ब ८७ करोड ५७ लाख १ हजार ६ सय ७९ रुपैयाँबाट बैंकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। 

यसबाहेक १० प्रतिशत अर्थात् ४८ करोड ७५ लाख ७० हजार १ सय ६७ रुपैयाँ नगद लाभांश समेत दिइने बैंकले जनाएको छ। 

त्यसअघि प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad