माउन्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्तावमा निर्णय गरेको छ।
२० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई उक्त बोनस सेयरसहित कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरणको लागि निर्णय गरेको हो।
त्यसअघि विद्युत् नियमन आयोगले स्वीकृति दिनुपर्नेछ भने वार्षिक साधारणभाबाट पारित हुनुपर्नेछ।
सो बैठकले आव २०८१÷०८२ को वित्तीय विवरण पारित गरेको हो। कम्पनीको वार्षिक साधारणसभा मंसिर २९ गते हुँदै छ। त्यसकै लागि मंसिर १७ गते सेयर खरिदबिक्री दाखिल खारेज १ दिनका लागि बन्द हुने कम्पनीले जनाएको छ।
30
Shares

प्रतिक्रिया