कारोबार


हेलिपोर्ट भ्रष्टाचार : प्रदीप अधिकारी ४२० कैदीबन्दीसँगै डिल्लीबजार कारागारको ‘क’ ब्लकमा

हेलिपोर्ट भ्रष्टाचार : प्रदीप अधिकारी ४२० कैदीबन्दीसँगै डिल्लीबजार कारागारको ‘क’ ब्लकमा

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०८२ सोमबार १४:३१, काठमाडौँ

भक्तपुरको नलिनचोक हेलिपोर्टमा भ्रष्टाचार गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (निलम्बित)  प्रदीप अधिकारी कारागार चलान भएका छन्। 

उनलाई विशेष अदालतको आदेशपछि आइतबार बेलुका डिल्लीबजार कारागार लगिएको हो। अधिकारीलाई कारागारको क ब्लकमा राखिएको छ। जहाँ ४२० जना कैदीबन्दी छन्। दिपक मनाङे मनि सोही कारागारको ख ब्लकमा छन्। 

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई कारागार चलान गर्न आदेश दिएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व निर्देशक मुरारी भण्डारी भने ५ लाख धरौटीमा रिहा भएका छन्। नलिनचोक हेलिपोर्ट निर्माणमा अनिवार्य गर्नु पर्ने संभाव्यता अध्ययन, सरोकारवाला तथा विज्ञसँगको परामर्श एवं सञ्चालक समितिमा छलफल समेत नगरी वातावरणीय प्रभावको अध्ययन नगरी, आईकाओको मापदण्ड लगायतका प्रचलित कानुनलाई अनदेखा गरेको आरोप छ।

१३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टार गरेको आरोपमा उनीहरुसहित ६ जनालाई विपक्षी बनाएर अख्तियारले आरोप पत्र दायर गरेको थियो। विभिन्न अध्ययन समिति र हेलिकप्टर सञ्चालकले नलिनचोक हेलिपोर्ट सञ्चालन योग्य नभएको प्रतिवेदन दिएका थिए। 

उनी थुनामै गएको दिन पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अर्को आरोप पत्र अख्तियारले दायर गरेको छ। जहाँ ८ अर्ब ३६ करोड बढी भ्रष्टाचार भएको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad