सेयरबजार पुनः सुस्ताएको छ। सोमबार नेप्से ३.०२ अंकले घटेर २६०६.६७ विन्दुमा कायम भएको हो।
योसँगै बजारमा ४ अर्ब ६६ करोडको कारोबार भएको छ। १ करोड बढी कित्ता बिक्रीमा यो परिमाणको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस दिन ९९ वटा सेयरको मूल्य बढ्दा १४७ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। सोमबार अपर स्यांगे हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक, इङवा हाइड्रोका लगानीकर्ताले पनि ९ प्रतिशत माथि प्रतिसेयर आम्दानी गरेका छन्।
सपोर्ट माइक्रोफाइनान्स, मेन्छियाम हाइड्रोलगायतका सेयरधनीले भने आज ५.१६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।
आज ङादी ग्रुप पावर र सागर डिस्टिलरीको सर्वाधिक क्रमशः ५५ करोड र २३ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया