कारोबार


लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य आज पनि बढ्यो

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य आज पनि बढ्यो

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८२ बुधबार ११:१५, काठमाडौँ

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएका तीन दिनमा १४ हजार पाँचसय रुपैयाँ बढेको सुनचाँदीको भाउ आज तोलाको ११ सय रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलाको तीन लाख ६ हजार ६ सय रुपैयाँ पुगेको छ। 

हिजो सुनको भाउ तोलामा नौसय रुपैयाँ बढेर तीनलाख पाँचहजार पाँचसय रुपैयाँ पुगेको थियो।  

गएको आइतबार तोलामा ९ हजार ५ सय बढेको सुनको भाउ सोमबार पनि तोलामा ४१ सय रुपैयाँ बढेको थियो। 

यही माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। 

प्रतितोला ५० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको पाँच हजार २९० रुपैयाँ पुगेको छ। 

यही माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad