नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा सञ्चालन तथा सेवा प्रदायकको अनुमति रोक्का गरेको छ।
आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीतिमार्फत नयाँ कम्पनीको अनुमति रोकेको हो।
त्यसैगरी लाइसेन्स ओगटेर बस्न पनि नपाउने नीति राष्ट्र बैंकले लिएको गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै जानकारी दिए।
उनका अनुसार अनुमति पाएका संस्थाले पनि २०७८ असार मसान्तसम्म ३ लाख ग्राहक पुर्याउनुपर्ने भएको छ। त्यस्तै ती कम्पनीले मासिक औसत कारोबार संख्या ६ लाख पुर्याउनुपर्नेछ।
अन्यथा अनुमति खारेज हुने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया