ad ad

कारोबार


दराज र इ–सेवाले ल्यायो केवल १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

दराज र इ–सेवाले ल्यायो केवल १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ८:४,

अग्रणी अनलाइन बजार, दराज र नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, इ–सेवाले, केवल १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने रोमाञ्चक वान रुपी गेम अवसर लिएर आएका छन्।

भाग लिनको लागि ग्राहकहरूले दराजमा ‘आईफोनरुपीवान’ प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा इ–सेवाबाट भुक्तानी गरी अर्डर गर्नुपर्ने हुन्छ।

अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेजमार्फत गरिने कम्पनीले जनाएको छ। विजेता घोषित भएपछि, सबै सहभागीहरूले आफ्नो इ–सेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन्।

यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचत बजार अभियानअन्तर्गत दराजमा कुनै पनि समानको रकम इ–सेवामार्फत पैसा तिर्दा २० प्रतिशत छुट पाउनेछन्। ग्राहकहरूले दराज महाबचत बजारमा, फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको सामानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन्।

‘गत महिना दराजमा इ–सेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो। यस सहकार्यमार्फत ग्राहकहरुकोलागि भनि यस्ता अन्य अवसरहरू पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ जसले अनलाइन किनमेललाई एक रोचक विकल्प को रुपमा विकास गर्नेछ’, दराज प्रबन्धनिर्देशक लिनो अलरिंगले भने।

वान रुपी गेमअन्तर्गत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू पनि जित्न सक्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .