ad ad

कारोबार


सूचक घटे पनि सेयरबजारमा १ अर्ब ८१ करोडको कारोबार

सूचक घटे पनि सेयरबजारमा १ अर्ब ८१ करोडको कारोबार

नेपालखबर
साउन १२, २०७७ सोमबार ९:४१,

आज सेयरबजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.६२ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव २२ अंकले घटेको हो। तर कारोबार रकम भने उच्च भएको छ।

आज १ सय ८७ कम्पनीको ४२ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्रीमा १ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। ३ बजे बजार बन्द हुनुअघि २८ हजार ४ सय ९५ पटक सेयर किनबेच भएको छ।

कुल १२ समूहमध्ये माइक्रोफाइनान्स, अन्य, उत्पादन र विकास बैंकको कारोबार सूचक बढे पनि बाँकी सबै समूहको सूचक घटेको छ।

आजको कारोबारमा जोशी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्नेबाहेक बाँकी कम्पनीको अधिकतम ४.९९ प्रतिशतसम्म मात्रै सेयर मूल्य बढेको छ। त्यस्तै गुमाउने कम्पनीले आज अधिकतम ९.५२ प्रतिशतसम्म गुमाएका छन्।

आज पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ४४ लाखको र नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ८८ लाखको उच्च सेयर कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .