अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच कम्पनीको १ करोड कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको छ।
प्रतिसेयर अंकित तथा चुक्ता मूल्य सय रुपैयाँ कायम भएको १ करोड कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको अजोडले जनाएको छ।
कम्पनीले सर्वसाधारणसमक्ष एनआईबीएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक)मार्फत ३० लाख कित्ता साधारण सेयर खुल्ला बिक्री आह्वान गरेको थियो। यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता सेयर समेत गरी जम्मा १ करोड कित्ता सेयर वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको हो।
सेयर सूचीकरण सम्झौतापत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका हुन्। सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मुख्य प्रबन्धक÷कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता थियो ।
प्रतिक्रिया