निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेल अब पब्लिक कम्पनीमा रुपान्तरण भएको छ।
कम्पनी ऐनको प्रावधानअनुसार एनसेल पब्लिक कम्पनीमा परिणत भएको हो। पब्लिक कम्पनीमा गएसँगै एनसेलले आईपीओ जारी गर्ने बाटो खुलेको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते निर्णय गर्दै एनसेललाई पब्लिक कम्पनीमा परिणत गर्न अनुमति दिएको हो।
कम्पनी ऐनअनुसार ५ करोड चुक्ता पुँजी भएको दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने प्रावधान छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ।
कम्पनी ऐन, २०६३ को दफा १३ (१) बामोजिम प्राइभेट कम्पनी लिमिटेडबाट एनसेल पलिब्क कम्पनीमा रुपान्तरण भएको कार्यालयको भनाइ छ।
एनसेल पलिब्क कम्पनीमा परिणत भएसँगै एनसेल प्रालिको नाम परिवर्तन भई एनसेल अजियटा लिमिटेड भएको छ।
प्रतिक्रिया