ad ad

कारोबार


मलेसियाबाट नेपाल फर्किन सहुलियत वा निःशुल्क टिकटको लागि दूतावासले माग्यो आवेदन

मलेसियाबाट नेपाल फर्किन सहुलियत वा निःशुल्क टिकटको लागि दूतावासले माग्यो आवेदन

नेपालखबर
साउन २१, २०७७ बुधबार ८:९,

मलेसियामा रहेको नेपाली दूतावासले कोभिड १९ का कारण नेपाल उद्धार गरिन लागेका खर्चविहीन नेपालीलाई वैदेशिक रोजगार बोर्डको कोषबाट हवाइ टिकट लिन बुधबार सूचनामार्फत आह्वान गरेको छ।

क्वालालम्पुरमा रहेको नेपाली दूतावासका अनुसार आफ्नो रोजगारी गुमाएका र नेपाल जान हवाइ टिकट समेत बन्दोबस्त गर्न नसकेका नेपालीलाई लक्षित गरी इच्छुक नेपालीलाई टिकट लिन आवेदन दिन भनेको हो।

दूतावासका अनुसार टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका नेपालीले कोभिड १९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ अनुसार आवेदन दिन भनेको छ।

कस्ता नेपालीले आवेदन गर्न पाउँछन्?
नेपालबाट श्रम स्वीकृति वा पुनः श्रमम स्वीकृति लिएर आएको ३ वर्ष ननाघेको, सम्बन्धित मुलुकको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला संस्था वा अन्य स्रोतबाट हवाइ टिकट खर्च नपाएको वा आफ्नै खर्चमा नेपाल फर्किन नसक्ने अवस्थाको कामदार हुनुपर्ने दूतावासले जनाएको छ।

याे पनि-
मलेसियाबाट ८ सय श्रमिक सरकारी खर्चमा फर्काइने, अरु दूतावासले विवरण नै पठाएनन्

त्यस्तै थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले समेत टिकटको लागि आवेदन दिन पाउनेछन्। विशेषतः सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल जान अनुमति पाएका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका र रोजगारी गुमाएकालाई प्राथमिकतामा राखिएको छ।

कस्ताको कति खर्च कोषले व्यहोर्छ?
रोजगारीमा गएको एक वर्षभन्दा कम अवधिमा रोजगारी गुमाएको हकमा टिकटको सबै खर्च कोषबाट व्यहोरिनेछ। त्यस्तै १ वर्षदेखि ३ वर्षभित्रको समयमाा रोजगारी गुमाएको हकमा ७५ प्रतिशत, पुनः श्रम स्वीकृति लिएर गएको कामदारको हकमा ५० प्रतिशत, श्रम स्वीकृतिको अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारको हकमा १०० प्रतिशत, कुनै निकायबाट आंशिक सहयोग पाएकाको हकमा अपुग रकम र विमानस्थलदेखि क्वारेन्टिन सेन्टरसम्म जान लाग्ने सबै खर्च कोषबाटै व्यहोरिनेछ।

कसरी पाउने टिकट?
दूतावासका अनुसार उक्त कुरा खुलाएर निवेदन तयार गर्नुपर्नेछ। त्यस्तै दूतावासमा स्वयं उपस्थित भएर वा दूतावासको इमेल वा हटलाइन नम्बरमा ह्वाट्स एपबाट कल गरी निवेदन पेस गर्नुपर्नेछ। निवेदनसँगै राहदानी र रोजगारी करारपत्रको प्रतिलिपि पनि राख्नुपर्ने दूतावासले जनाएको छ।

त्यसरी आएको आवेदन जाँचबुझ गरी दूतावासले विवरण परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगार बोर्डमा पठाइने र बोर्डको कोषबाट रकम निकासा भएपछि हवाइ टिकट उपलब्ध गरिने दूतावासले जनाएको छ। टिकट उपलब्ध नगराउने रोजगारदाताले आगामी दिनमा थप कामदार माग गरेमा उनीहरुको मागपत्र ५ वर्षसम्म प्रमाणीकरण नगरिने दूतावासले स्पष्ट पारेको छ।

त्यस्तै झूठो विवरण दिए प्रचलित कानुनअनुसार कारबाही भोग्नुपर्ने दूतावासले जनाएको छ।

यस्ताे छ दूतावासकाे सूचना
male 2

male 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .