ad ad

कारोबार


लकडाउनका बाबजुद सिरहामा दर्ता भए ११ सय ४७ नयाँ उद्योग

लकडाउनका बाबजुद सिरहामा दर्ता भए ११ सय ४७ नयाँ उद्योग

नेपालखबर
साउन २१, २०७७ बुधबार ८:३२,

सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुद एक हजार १ सय ४७ नयाँ उद्योग दर्ता भएका छन्।

नयाँ दर्ता भएको एक हजार १ सय ४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५ सय ३०, कृषि तथा वन्यजन्यतर्फ ४ सय ९० र उत्पादन उद्योगतर्फ १ सय २७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ।

कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४ सय १७ वटा, पशुपालनका ४० तथा कुखुरापालनका १५ वटा नयाँ उद्योग दर्ता भएको छ। सेवा उद्योगतर्फ होटल १ सय १, निर्माणका ५९, ढुवानीका ५५ वटा उद्योग दर्र्ता भएको छ।

यो सङ्ख्या आर्थिक वर्ष २०७५÷०७६ मा दर्ता भएभन्दा कम हो। योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ४ सय २६ वटा, कृषि तथा वनजन्य उद्योग एक हजार ६ सय ४८ र सेवा उद्योग तीन हजार ६ सय ३३ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या छ हजार ५ सय ५७ पुगेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दिपेन्द्रकुमार यादवले जानकारी दिए। नयाँ उद्योग दर्ताबाट ४० लाख २९ हजार १ सय राजस्व संकलन भएको छ।

गत आव २०७५÷०७६ मा एक हजार ४ सय ९१ घरेलु तथा साना उद्योग उद्योग दर्ता भएको थियो। यसमध्ये उत्पादनमूलक उद्योग १ सय ९१ वटा, सेवामूलक उद्योग ७ सय ४० वटा र कृषि तथा वनजन्य उद्योग ५ सय ५८ गरी एक हजार ४ सय ९१ वटा नयाँ दर्ता भएको थियो। बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहजरुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै सिरहामा घरेलु तथा साना उद्योग दर्र्ता गराउने क्रममा वृद्धि भएको प्रमुख यादवको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .