ad ad

कारोबार


दुर्घटनामा दिवंगत सेनाका परिवारलाई मेगा बैंकको बीमा बापत ७ लाख

दुर्घटनामा दिवंगत सेनाका परिवारलाई मेगा बैंकको बीमा बापत ७ लाख

नेपालखबर
साउन २२, २०७७ बिहिबार ११:३८,

मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमा बापत सात लाख रुपैँया प्रदान गरेको छ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बीमा बापत सात लाख रुपैयाँ हस्तारन्तरण गरेको हो।

गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्र जंग गुल्ममा कार्यरत सैनिक जवान रानाको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित घरमा बिदामा गएका बेला २०७६ साल फागुन १ गते धनगढीमा मोटरसाइकल दुर्घटना भई निधन भएको थियो। मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्र जंग गुल्मका गुल्मपति मेजर भूपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बाबु टिकाराम रानालाई बीमा बापतको रकम हस्तान्तरण गरे।

न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताइन्। सीईओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .