नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा बुक बिल्डिङ विधि लागू गरेको छ।
बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २५ ‘ग’ले बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्नसक्ने व्यवस्था गर्दै यससम्बन्धी थप प्रक्रियागत व्यवस्थाहरु निर्देशिकामा तोकेबमोजिम हुने व्यवस्था गरेको सन्दर्भमा यही २२ गते बुक बिल्डिङ निर्देशिका २०७७ लागू गरेको थियो। सोहीअनुसार बुक बिल्डिङ लागू गरेको बोर्डले जनाएको छ।
यो व्यवस्था लागू भएसँगै अब सर्वसाधारणले न्यूनतम ५० कित्ताको आवेदन दिनुपर्नेछ। त्यस्तै आईपीओ जारी गर्ने कम्पनीले पनि लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिएर धितोपत्र निष्काशन गर्नुपर्नेछ।
कसरी लागू हुन्छ बुक बिल्डिङ?
प्रतिक्रिया