ad ad

कारोबार


अमेरिकाले एयरबसमाथिको कर १५ प्रतिशतमै राख्ने

अमेरिकाले एयरबसमाथिको कर १५ प्रतिशतमै राख्ने

नेपालखबर
साउन २९, २०७७ बिहिबार ८:५४,

अमेरिकी सरकारले युरोपेली विमान निर्माता एयरबसका विमानमाथि १५ प्रतिशत कर नै कायम राख्ने भएको छ। बुधबार एयरबसका विमानमा १५ प्रतिशत र अन्य युरोपेली वस्तुमा २५ प्रतिशत कर जारी राख्ने अमेरिकी सरकारले बताएको फक्स बिजनेसले जनाएको छ।

युरोपेली संघले भने एयरबस र बोइङबीचको सब्सिडी विवाद सुल्झाउन अन्तिम छलफलका लागि अमेरिकालाई आग्रह गर्दै आएको छ। दुई विमान कम्पनीबीचको सब्सिडी विवाद विश्व व्यापार संगठनसम्म पुगिसकेको छ।

अमेरिकी व्यापार प्रतिनिधि रोबट लाइथाइजरले विश्व व्यापार संगठनको निर्णय कार्यान्वयन गर्न युरोपेली संघले आलटाल गरिरहेको आरोप लगाएका छन्। उनले वासिङटनले दीर्घकालीन समाधान चाहेको समेत बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .