ad ad

कारोबार


रिलायन्स फाइनान्स र एफवान सफ्टबीच सम्झौता

रिलायन्स फाइनान्स र एफवान सफ्टबीच सम्झौता

नेपालखबर
साउन २९, २०७७ बिहिबार ९:३०,

रिलायन्स फाइनान्सले मोबाइल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ। सम्झौतामा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सीईओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर भएको थियो।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, ‘रिलायन्स फाइनान्ससँग हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ। हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौं’

सन् २००४ देखि नै एफवान सफ्टको मूख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ। एफवान सफ्ट मोबाईल बैंकिङ र मोबाईल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो।

नेपालका ९५ प्रतिशत भन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो। एफवान सफ्टले ५१ वटा सदस्य बैंक मार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ। मोबाईल बाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ।

रिलायन्स फाइनान्स लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्र बैंकबाट अनु्मति प्राप्त ‘सी’ वर्गको बित्तीय संस्था हो। बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४ औँ फाइनान्स कम्पनीका रूपमा सुरू भएको थियो।

विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबाइल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .