ad ad

कारोबार


एलजीको भिभाचे सिरिज वासिङ मेसिन नेपाली बजारमा

एलजीको भिभाचे सिरिज वासिङ मेसिन नेपाली बजारमा

नेपालखबर
साउन ३२, २०७७ आइतबार ८:५९,

एलजी एआई डीडी मोटर भएको भिभाचे सिरिज को वासिङ मेसिन नेपाली बजारमा आएको छ।

नेपालमा एलजी ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालिले मेसिन नेपाली बजारमा ल्याएको हो।

यस वासिङ मेसिनमा एआई डीडीजस्ता लेटेस्ट प्रविधि छ। यसले कपडाको तौलको साथसाथै कोमलता, नाजुकताजस्ता विशेषताहरु पत्ता लगाउँछ र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने कम्पनीको दाबी छ।

एआई डीडी वासिङ मेसिनले ‘बिग डाटा विथ डिप लर्निङ’ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ।

वासिङ मेसिनमा स्टिम प्लस प्रविधि रहेको छ। यसले कपडाको हरेक रेसा–रेसाभित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्छ र हाइजेनिक वास दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउँछ। मेसिनको इन्भर्टर पम्प प्रविधिमा टर्बो वास ३६० डिग्री र फोर हाई स्पिड स्प्रे नोजल रहेको छ। मेसिनले उच्च र कम गति आवश्यकताअनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पूरा गर्दछ भने बिजुली र समयको बचत गर्छ।

यसमा मिसअलाइन्ड सय प्रतिशत स्टेनलेस स्टिल लिफ्टर पनि छ। यसले कपडाहरुमा रहेको किटाणु नष्ट गरी हाइजेनिक र कपडा गनाउन नदिने कम्पनीले जनाएको छ। यसमा रहेको टेम्पर ग्लास डोरले स्क्राच नहुने स्थायित्व प्रतिरोधी हुनुका साथ साथै एलिजेन्ट डिजाइन, वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नब र बिग लिड डिस्प्ले छ।

कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सर को मदत ले रिन्ज र स्पिन को बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .