ad ad

कारोबार


कोरोना कोषमा नबिलसहित तीन बैंकले जम्मा गरे १२ करोड

कोरोना कोषमा नबिलसहित तीन बैंकले जम्मा गरे १२ करोड

नेपालखबर
साउन ३२, २०७७ आइतबार ९:१२,

सरकारले स्थापना गरेको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा तीनवटा वाणिज्य बैंक र एउटा लघुवित्तले आज झण्डै १३ करोड रकम जम्मा गरेका छन्।

आज नबिल बैंकले ६ करोड, कृषि विकास बैंकले ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ करोड ६९ लाख ९३ हजार १ सय ४५ रुपैयाँ र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ४६ लाख ५८ हजार १ सय २९ रुपैयाँबराबरको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन्।

अर्थमन्त्रीका प्रेस संयोजक यमप्रसाद पौडेलका अनुसार बैंकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ को असारसम्म खर्च हुन बाँकी रकम सरकारले स्थापना गरेको कोषमा जम्मा गरेका हुन्।

हालसम्म उक्त कोषमा नेपाल बैंकले ३ करोड ४६ लाख, सिद्धार्थ बैंकले २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ, प्रभु बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ र सनराइज बैंकले ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ जम्मा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .