नेपाल राष्ट्र बैंकले क्रिस्टल फाइनान्स लिमिटेडलाई दिएको अनुमति खारेज गरेको छ। बुधबार राष्ट्रबैंकले यससम्बन्धी जानकारी दिएको हो।
कम्पनीकाे इजाजतपत्र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ८० को उपदफा २ बमोजिम खारेज गरिएको हो।
राष्ट्र बैंकबाट उक्त फाइनान्सले वि.सं. २०५८ फागुन ८ गते अनुमति पाएको थियो।
तर पछि समस्याग्रस्त अवस्थामा रहेको फाइनान्सका केही सञ्चालकहरु बैंकिङ कसुरमा पक्राउ समेत परेका थिए। उनीहरु अहिले पनि कारागारमै रहेका छन्। त्यसयता फाइनान्स लिक्विडेसन (खारेजीको प्रक्रिया)मा गएको थियो।
राष्ट्र बैंकले २०६९ असोज ७ गतेदेखि विभिन्न कारण देखाउँदै नेपाल राष्ट्र बैंक एने २०५८ को दफा ८६ ख र ग बमोजिम समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो। त्यसक्रममा राष्ट्र बैंकले ६ महिनाभित्र तोकेको पुँजीकोष कायम गर्न, निक्षेप संकलन तथा नवीकरण नगर्न, थप कर्जा तथा जमानत प्रदान नगर्नलगायतका १३ बुँदे निर्देशन दिएको थियो।
उक्त फाइनान्सकाे केन्द्रीय कार्यालय सुन्धारामा रहेकाे छ। कम्पनीमा ७० प्रतिशत व्यक्तिगत लगानीकर्ता छन् भने उनीहरूकाे साढे ३ कराेड बराबरकाे सेयर लगानी छ। कम्पनीकाे बाेर्ड अफ डिरेक्टरमा प्रमुख सुमन बज्राचार्य तथा सदस्यहरू नुतानन्द वैद्य, शिवहरी पाैडेल, भाेगेन्द्रमान मास्के र रितेश हाडा रहेका छन्। कम्पनीका प्रमुख कार्यकारी भने रामप्रसाद हाडा हुन्।
समस्याग्रस्त घोषणा गर्दा यसो भनेको थियो राष्ट्र बैंकले –
प्रतिक्रिया