नेपालमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमाथि पुग्ने र घट्ने भइरहेको छ। आज छापावाला सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
बुधबार मात्रै १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो। गत हप्ता सुन अधिकतम १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। त्यस्तै चाँदीको मूल्य पनि अस्थिर नै रहेको छ।
बुधबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ३ सय ६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
3
Shares
प्रतिक्रिया