सेयरबजारमा आज पनि कारोबार भइरहेको छ। काठमाडौं उपत्यकालगायत कतिपय स्थानमा निषेधाज्ञाका कारण सबै व्यवसाय ठप्प भए पनि सेयरबजार भने खुल्लै छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहान ११ बजे खुलेको बजारमा नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ। १ बजेसम्म नेप्से १०.१८ अंकले र सेन्सिटिभ सूचक २.६१ अंकले बढेको छ। नेप्से उक्त समयसम्म १४०१.४७ विन्दुमा छ। यो अवधिमा १ सय ६२ कम्पनीको १२ करोड २६ लाखको सेयर किनबेच भएको छ।
पहिलो दुई घण्टामै ३ हजार ४९ पटक सेयर खरिदबिक्री भएको छ भने यसमा ३ लाख ७१ हजार ७ सय ६३ कित्ता सेयर बिक्री भएका छन्।
3
Shares
प्रतिक्रिया