आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमामा कवि फुयाल नियुक्त भएका छन्।
बुधबार साँझ कम्पनी सञ्चालक समितिको बैठकले फुयाललाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो।
कम्पनीले सीईओ नियुक्ति स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ। बीमा समिति नियामक निकाय भएकोले कम्पनीले नियुक्ति दिएको कार्यकारी अधिकृतलाई समितिले स्वीकृति दिनुपर्ने व्यवस्था छ।
फुयाल योभन्दा अघि सिटिजन्स लाइफको इन्स्योरेन्सको प्रमुख बजार अधिकृतको रुपमा कार्यरत थिए। उनले गत हप्ता मात्रै उक्त कम्पनीबाट राजीनामा दिएका थिए।
3
Shares
प्रतिक्रिया