नेपाल वायुसेवा निगमले ४ गन्तव्यमा नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ। नेपाल सरकारको निर्णयअनुसार निगमले भदौ १७ देखिको उडान तालिका सार्वजनिक गरेको हो।
निगमले सेप्टेम्बर महिनाका लागि जापानको नारिता, दुवई, मलेसियाको क्वालालम्पुर र हङकङ उडान गर्ने भएको हो।
निगमले सबैभन्दा बढी दुवईमा ८ उडान गर्नेछ भने हङकङमा दुई उडान गर्नेछ।
नारितामा सेप्टेम्बर २, १६ र ३० तारिखमा उडान गर्दे छ भने हङकङमा ९ र २३ तारिखमा नियमित उडान हुनेछ।
त्यस्तै क्वालालम्पुरमा ६, १३, २० र २७ तारिखमा उडान हुँदै छ भने दुवईमा ५, ७, १२, १४, १९, २१, २६ र २८ तारिखमा उडान हुने जानकारी दिएको हो।
त्यसैगरी नियमित उडान नहुने ठाउँमा चार्टर्ड उडान गर्दै छ। जसमा दोहामा सबैभन्दा बढी उडान गर्ने भएको हो। दोहामा सेप्टेम्बर १५, २१, २२, २७ र २९ मा उडान गर्ने छ भने जेद्दामा ५, ११ र २७ मा उडान गर्ने जनाएको छ। त्यसैगरी दमाममा ७ तारिख, कुवेतमा १४ र रियादमा १९ सेप्टेम्बरमा उडान गर्ने तालिका सार्वजनिक गरेको छ।
प्रतिक्रिया